नेप्सेमा उच्च अंकको वृद्धि, कारोवार रकममा पनि उल्लेख्य सुधार
  • CIA Khabar

  • काठमाडौँ- साताको पहिलो कारोवार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आईतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

    आईतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलव शून्य पाँचको रुपैयाँको कारोबार भएको छ भने सबै समूहको उपसूचक बढेको छ । आईतबारको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

  • १३ माघ २०८२, सोमबार ०९:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images