जनताको मनमनमा बसेका सशस्त्र प्रहरी नायब निरिक्षकको बिदाई
  • CIA Khabar

  • जनकपुरधाम ।
    कुुनै पनि कर्मचारी होस या सुरक्षाकर्मी । कार्यालयमा हाजिर हुँदा स्वागत गरिन्छ भने कार्यकाल पुरा गरेपछि बिदाई गरिन्छ । यो नियमित प्रक्रिया हो । तर कुनै कर्मचारी या सुरक्षाकर्मीले जनताको मन जितेका हुन्छन् । उनीहरुलाई बिदाई गर्दा निकै गारो महसुस हुुन्छ स्थानीयलाइ । एउटा यस्तै बिदाई गरिएको छ धनुुषाका सशस्त्र प्रहरी नायव निरिक्षकको । धनुषाको लक्ष्मीनिया गाउँपालिका वार्ड नं ४ सपहीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सईं) संजय प्रसाद बरालको बिदाई गरिएको छ । आइतबार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिकालगाई बिदाई गरिएको हो । सशस्त्र प्रहरी सई बरालले ६ महिनाको सेवामा आफ्नो जिम्मेवारी इलाकामा अपराध नियन्त्रण गरि शान्ति सुरक्षा कायम राख्दै गत भादौ २३र२४ गते भएको जेन जि आन्दोलनमा समेत मित्रबद्व व्यबहार गरि आफ्नो जिम्मेवारी ईलाका भित्र कुनै पनि भौतिक तथा मानविय छती हुन नदिनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भइ सराहनीय काम गरेको भन्दै उहाँलाइ विशेष सम्मान सहित बिदाई गरिएको हो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीका नयाँ प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्ण बिक्रम बनियाँलाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा लक्ष्मीनिया गाउँपालिका ४ का वडाध्यक्ष रमेश साह, कार्यपालिका सदस्य प्रमोद साह, सचेत युवा समूह सपहीका युवाहरु, सशस्त्र प्रहरी जवानहरु, समाजसेवि लगायतको सहभागिता रहेको थियो ।

  • १४ माघ २०८२, मंगलवार ११:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images