तृप्तिको ‘निदरी’
  • CIA Khabar

  • काठमाडौँ,
    तृप्ती खड्का गुरुङ यस्तो नाम हो जुन नेपाली कलाकारिता क्षेत्रको बहुुचर्चित नाम हो । उनै चर्चित गायिका  तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा ‘निदरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तृप्तिलाई स्वरमा राज सिग्देलले साथ दिनुभएको छ । गीतले मायाप्रेमको वियोगान्तको कथा बोल्छ ।

    मोडल विजय गुरुङ र सामिया कार्कीको अभिनय रहेको गीतलाई गुरुङ स्वयम्ले निर्देशन गर्नुभएको हो । डा. हरि उप्रेतीको शब्द तथा रचना रहेको गीतलाई प्रकाश खड्का र उहाँको टिमले छायाङ्कन गरेको हो । नरेश पाण्डेले संयोजन गर्नुभएको गीत सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो । मिलन विश्वकर्माको सम्पादन रहेको उक्त गीत डा। हरि उप्रेतीको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।  यो गितले दर्शक श्रोताको मन जित्ने बिश्वास गायिका खड्काले लिनुुभएको छ ।
    गित हेर्न तलको लिंक क्लीक गर्नुुहोला

  • १९ माघ २०८२, आईतवार २१:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images