यसरि वाहिरीयो माधव नेपालले सांसदको हस्ताक्षर संकलन गरी देउवालाई बेचेको तथ्य
  • CIA Khabar

  • काठमाडौं । एमाले महासचिव इश्वर पोखरेलले माधवकुमार नेपाल मुलुकको कम्यनिष्ट आन्दोलन नै समाप्त पार्ने योजनाका साथ अघि बढेको तथ्य खोल्नुभएको छ । उपप्रधानमन्त्रीसमेत रहनुभएका एमाले महासचिव पोखरेलले कुण्ठा, इष्र्या र द्धेष भावबाट ग्रसित भएर नेता नेपाल कम्युनिष्ट आन्दोलनबिरुद्ध नै ज्यान फालेर षडयन्त्र बुन्न लागेको बताउनु भएको हो ।

    ‘माधव नेपालले केही समययता जुन हर्कत गर्नुभयो, आफ्नै पार्टीबिरुद्ध बिपक्षी दल नेतृत्वको गठबन्धनको एउटा साझेदार हिस्सता बन्नुभयो, यसभन्दा अनैतिक काम के हुन सक्छ रु यसभन्दा दुर्भाग्यपुर्ण कुरा अरु के हुन्छ,’ प्रेस चौतारी नेपालका अगुवाहरुसँग आफ्नै सिंहदरवारस्थित उपप्रधानमन्त्रीको कार्यालयमा कुरा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीबिरुद्ध बिपक्षी दलसँग मिलेर खुलेयाम हिडने काम कम्युनिष्ट पार्टीका कुनै पनि नेता कार्यकर्ताले गर्नै सक्दैनन, यो त सारै ठूलो अपराधपूण काम हो । कुण्ठा र इश्र्षा पूरा गर्न माधवले इतिहासमै सारै ठूलो भूल र गम्भीर अपराध गर्नुभयो ।’

    उहाँले माधव नेपालले अहिले गर्नुभएको काम कुनै पनि अवस्थामा राजनीतिक दल र सभ्य समाजमा पच्ने काम नभएको निश्कर्ष पनि सुनाउनु भयो । ‘आफ्नो पार्टीको अध्यक्षबिरुद्धमा हस्ताक्षर संकलन गर्ने र त्यो हस्ताक्षर लगेर प्रमुख प्रतिपक्षीको नेतालाई प्रधानमन्त्री बनाउन उस्को पाउमा लगेर बच्ने काम गर्नुभयो, उहाँले हस्ताक्षर बेचेकै हो, यो के गरेको रु यहाँ भन्दा अनैतिक, यहाँभन्दा दुर्भाग्यपुर्ण कुरा के हुन्छ रु,’ महासचिव पोखरेलले भन्नुभयो ।

    उहाँले पार्टी एकता गर्दाताकाका बाँकी रहेका बिषाक्तपुर्ण भू्रणको बिकसित रुप नै अहिले माधवको प्रबृत्ति भएको प्रष्ट पार्नुभयो । ‘ पार्टी एकतासित गाँसिएर आएको एउटा ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्थ प्रचण्ड र इश्र्षा, कुण्ठा, द्धेष भावबाट ग्रसित भएको माधव नेपाल प्रबृत्तिबीचको गठबन्धनबीचको दुर्भाग्यपूर्ण परिणाम हो अहिलेको घटना,’ महासचिव पोखरेलले भन्नुभयो ।

    ढाडमा टेकेर टाउकोका हान्न माहिर प्रचण्ड र लोभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालको दोस्तीले पार्टीमा विभाजन देखापरेको र कांग्रेसको पाउमा पुगेको उहाँले बताउनु भयो । महासचिव पोखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयो । नेकपा एमालेका अध्यक्षले नेतृत्व गरेको सरकारको बिरुद्धमा आम मोर्चावन्दीको एउटा सवल घटक बनेर माधव नेपाल उपस्थित हुने कुरा चाँहि अत्यन्तै लज्जाजनक र दुर्भाग्यपूर्ण हो,’ पोखरेलले भन्नुभयो ।

  • ११ जेष्ठ २०७८, मंगलवार १८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images