‘गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय ‘
  • CIA Khabar

  • काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री र सभामुखले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उँभौली साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीले छुटा छुटै रुपमा शुभ कामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गरेका हुन् ।

    शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ, बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।

    सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

    हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ ।

    त्यसैगरी सभामुख भण्डारीले मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग पुग्ने उनले आफ्नो सन्देशमा उल्लेख गरे ।

    बढ्दो रुपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन उनीहरुले छुट्टा छुट्टै शुभकामना सन्देश मार्फत अपील समेत गरे । प्रदेश सरकारले उँभौली साकेलाको अवसरमा बिदा समेत दिएको छ।

  • १२ जेष्ठ २०७८, बुधबार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images