औषधिजयन्य लागुऔषधसहित दुईजना पक्राउ
  • CIA Khabar

  • पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय अमरुल्लाह अन्सारी र ४० वर्षीया शकुन नेशा पवरिया रहेका छन् । प्रहरीले उनीहरूका साथबाट ८८ वोतल ‘वीनकिरेक्स’ नामक औषधिजन्य लागुऔषध बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा खाल्डोमा हालि छोपेर राखेको अवस्थामा लागुऔषध बरामद् भएको हो । अहिले उनीहरूलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

  • १२ जेष्ठ २०७८, बुधबार १५:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images