लक्ष्मणघाट संस्थाबाट कोरोना संक्रमितका लागी पोषण सामाग्री सहयोग
  • CIA Khabar

  • कपिलवस्तु । सामाजिक सेवा भावले ओतप्रोत लक्ष्मणघाट सामाजिक विकास केन्द्र र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा आज बाणगंगा नगरपालिका वडा नं ६ भित्र रहेका कोरोना संकमितलाई पोषण सामाग्री सहयोग गरेको छ । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएका छन् ।

    No description available.

    यसै सन्दर्भमा हिजो सम्मको वडाले दिएको तथ्यांकको आधारमा सो सामाग्री बितरण गरिएको संस्थामा कार्यसमिति सदस्य तथा सहयोग समितिका सह संयोजक बिरेन्द्र रेग्मीले बताए । संस्थाले स्थापना काल देखी नै बिभिन्न किसिमका सामाजिक कामहरु गर्दे आइरहेको छ । गत बर्ष पनी स्वास्थ्य कर्मी र सुरक्षाकर्मीको उपस्थतिमा कोरोना सम्बन्धी सचेतनामुलक रयाली, सुचना ,हात धुने तरिका सम्बन्धि नमुना अभ्यास,प्ले कार्ड ,पोष्टर तथा पम्पलेट बितरणका कामहरु गरेको संस्थाका सचिव थानेश्वर अधिकारीले बताए ।

    No description available.

    कोरोना संक्रमितहरुका लागी पोषण सामाग्री अण्डा,चना, माक्स,साबुन लगायतका सामाग्री बितरण गरिएको छ । सो को लागी लक्ष्मणघाट सामाजिक विकास केन्द्रका संस्थापक सदस्य शालिकराम पन्थीले सहयोग गरका थिए । कार्यक्रमको समन्वय बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुले गरेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने बताए ।

    No description available.

    सहयोग कार्यक्रममा आयोनका उपाध्यक्ष तथा संस्थाका सचिव थानेश्वर अधिकारी, सहयोग समितिका सह संयोजक बिरेन्द्र रेग्मी, संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने, कार्यसमिति सदस्य भोजराज बञ्जाडे, सदस्य कृष्ण गैरे लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षतामा बसेको बैठकले संस्थाका कार्यसमिति सदस्य अन्जित खनालको संयोजकत्वमा सहयोग समिति गठन गरेको थियो ।

    No description available.

    सोही अनुरुप शुक्रबार बाणगंगा नगरपालिका वडा नं ५ मा सहयोग बितरण गरिने संस्थाका कार्यसमिति सदस्य भोजराज बञ्जाडेले बताए । मानिसको स्वास्थ्य सुरक्षाको जिम्मा राज्यले लिनपर्ने भएता पनी बिषम परिस्थितीमा हामी जस्ता संघ संस्था र नागरिक समाजको पनी कर्तव्य हुन आउने संस्थाका सदस्य तथा सहयोग समितिका संयोजक अंजित खनालले बताएका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images