रौतहट । रौतहटमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ १९ गते रातिसम्म तेश्रो पटक निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।