काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गर्नुभएको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने प्रतिवद्धता जनाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र सीबीच भएको टेलिफोन वार्तामा भण्डारी नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि चिनियाँ सरकारको सहयोग माग्नुभएको थियो । नेपालको समस्यामा सधैं चिन साथमा रहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति सीले तत्काल १० लाख डोज खोप उपलब्ध गराउनने प्रतिवद्धता जनाउनुभएको हो ।