गजल: भर्खरै अस्पतालमा मुटुको उपचार भो
  • भुपेन्द्र जङ्ग शाही 

  • भर्खरै अस्पतालमा मुटुको, उपचार भो
    घाइते मुटु माथि, फेरि किन प्रहार भो ?

    कहा गयर उजुरी देउ, कहा मुद्दा हालौ
    घाइते मुटु चोरेर, एउटा मान्छे, फरार भो

    खुसि हरायो, जिबन बाट, सपना हरायो
    लाग्दैछ आज, जिन्दगी सब, बेकार भो

    – भुपेन्द्र जङ्ग शाही

  • १२ जेष्ठ २०७८, बुधबार १९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images