कालीमाटी तरकारी बजार भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू
  • CIA Khabar

  • काठमाडौ । देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लगानी गरेको हो ।

    समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको समयमा पनि बजारमा भीड कम नभएपछि कालीमाटी बजार विकास समितिले ढुवानीका गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको जानकारी दिए । बजारमा तरकारी खरिद गर्न आउने सवारी साधनका कारण हुने भीडभाडलाई कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गरिएको श्रेष्ठले जानकारी दिए ।

    बजारमा जोर–बिजोर लागू भएसँगै भीडभाड केही घटेको उनको भनाइ छ । उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका सवारी साधन चल्नेछन् । यो नियम कालीमाटीमा भित्रिएको तरकारी खरिद गर्न आउने सवारी साधनमा मात्रै लागू हुनेछ । कालीमाटी बजारमा तरकारी लिएर भित्रिने सवारी साधनमा भने यो नियम लागू नहुने समितिले स्पष्ट पारेको छ । समितिका अनुसार कालीमाटीमा तरकारी लिन जाने पाउने सवारीहरू बिहान ८ः०० बजेभित्र बजार प्रवेश गरिसक्नु पर्नेछ, त्यसपछि प्रवेश गर्न पाइने छैन ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार ०९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images