काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ ।
कोरोना र निमोनियालगायतबाट पीडित उनको आज काठमाडौंको निदान अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए ।