काठमाडौँ । डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ ।
सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाइरसका बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजन सहितको सिलिण्डर दिएपछि उपचारका लागि सहज हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिण्डर सहित अब डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दा बढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।
सिलिण्डरको पर्याप्तता भए सँगै आपतकालीनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ । हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाइरस संक्रमितको बिरामी रहेका छन् ।