एक वर्ष थपियो (रअ)का प्रमुख सामन्तकुमार गोयलको कार्यकाल
  • CIA Khabar

  • भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको पदावधि एक वर्ष थपिएको छ।

    समाचार पत्र द हिन्दुका अनुसार आगामी जुनमा सकिन लागेको उनको कार्यकाल एक वर्षका लागि थपिएको हो।

    गोयल सन् २०१९ मा रअ प्रमुख नियुक्त भएका थिए।  उनको कार्यकाल अर्को महिनाको ३० तारिखमा सकिँदै थियो।

    नेपाल-भारत सम्बन्धमा पछिल्लो समय गोयलको नाम चर्चामा छ। लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नेपालको संसदबाट पारित भएपछि नेपाल-भारत सम्बन्ध बिग्रिएको थियो। महिनौंसम्मको संवादहिनता तोड्न गोयल कात्तिक ५ गते चार्टर्ड जहाज ल्याएर काठमाडौं आएका थिए।

    त्यही रात उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो वार्ता गरेका थिए। उक्त वार्तामा के-के कुराकानी भयो भन्ने खुलाइएको छैन। तर त्यसपछि नै नेपाल-भारतबीचको सम्बन्धमा केही सुधार आएको देखिन्छ। कतिपयले गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर प्रधानमन्त्री ओलीसँग वार्ता गर्न आएको पनि विश्लेषण गरेका छन्।

    गोयलपछि भारतीय सेना प्रमुख  मनोज मुकुन्द नरवणे र विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं ओर्लिएका थिए।

    कतिपय विश्लेषकले पछिल्लो समय प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध गहिरिँदै गएको छ।

    विकसित पछिल्लो राजनीतिक घटनाक्रममा उसको पनि भूमिका रहेको बताइरहेका बेला भारतले बुधबार प्रतिक्रिया जनाउँदै यो नेपालको आन्तरिक मामिला भएको बताएको छ।’यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।

  • १३ जेष्ठ २०७८, बिहीबार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images