पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको हो । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।