आवश्यक परे संविधान अनुसार अघि बढ्न तयार छु: सभामुख सापकोटाको चेतावनी
  • CIA Khabar

  • बिहीबार कानुनविद्हरूसँगको छलफलमा सभामुख सापकोटाले संसद विघटनपछि उत्पन्न परिस्थितिबारे विश्लेषण गरिरहेको र आवश्यक परे संविधानले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने बताएका हुन् ।

    ‘देश र जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई छैन, उनले भने, आवश्यक पर्दा मैले नेपाली जनताले दिएको निहीत अधिकार प्रयोग गर्नुपर्छ ।

    सभामुख सापकोटाले देश र जनताका लागि संविधानको मर्म र भावनालाई ठीक ढंगले आत्मसाथ गरेर अघि बढ्न आफू तयार रहेको पनि बताए ।

    ‘अहिले उत्पन्न परिस्थितिलाई मैले मसिनो गरी नियालिरहेको छु,’ उनले भने, आवश्यक परे देश र जनताका लागि संविधान अनुसार अघि बढ्न म तयार हुन्छु ।सभामुख सापकोटाले  संसद विघटन गरेर देशलाई अध्यादेशबाट चलाउन खोजिएको प्रति पनि असन्तुष्टि  जनाए । ‘जननिर्वाचित थलो संसदलाई विघटन गरेर अध्यादेशबाट देश चलाउन खोज्नु बेठीक हो, उनले भने, प्रतिनिधिसभाको अधिकारको हनन कसैले गर्न मिल्दैन ।

  • १३ जेष्ठ २०७८, बिहीबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images