गुल्मीमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाकाे मृत्यु
  • गोकर्ण पाण्डे

  •  गुल्मीमा थप८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ७८३ पुगेको छ।त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या एक हजार १२४ पुगेको गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
    त्यस्तै गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४ जनाकाे मृत्यु भएको छ।रेसुंगा नगरपालिका वडा नम्बर २ का ८० वर्षिय पुरुष,सत्यवति गाउँपालिका वडा नम्बर ४ कि २१ वर्षिय महिला,सत्यवति गाउँपालिका वडा नम्बर २ कि ६५ वर्षिय महिला,सत्यवति गाउँपालिका वडा नम्बर६ का ५७ वर्षिय पुरुषकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ।
    याे सँगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ७४ पुगि सकेकाे जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। काेराेना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।
  • १३ जेष्ठ २०७८, बिहीबार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images