कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा
  • CIA Khabar

  • कञ्चनपुर । बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ ।

    कार्कीको निधन पछि नगरपालिका आज शोक बिदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

    नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उनलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा थिइन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार १९:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images