काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १०२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६४५ कोरोना संक्रमितको आईसीयूमा र ४५७ को भेन्टिलेटरमा गरी कुल २ हजार १०२ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१० जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १८८ आईसीयूमा र ४२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८०७ जना आईसीयूमा र २८७ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १५६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १८४ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, कर्णालीमा ५५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।