असार मसान्तसम्म दुई करोड डोज खोप ल्याउने, कहाँबाट कति आउँदैछ खोप?
  • CIA Khabar

  •  

    काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलिले कार्तिक र मङ्सिरमा हुने निर्वाचन भन्दा अघि सबै जनतालाई खोप व्यवस्था गरिने बताउनु भएको थियो तर स्वास्थ्य मन्त्रालयले भने असार मसान्तसम्म २ करोड डोज ल्याउने खोप बताएको छ ।

    चीन सरकारबाट १० लाख डोज, अमेरिकी सरकारबाट १० लाख डोज र बेलायत सरकारबाट २० लाख डोज खोप अनुदानमा ल्याउदै छ ।

    त्यससँगै सरकारले अमेरिकासँग ५० लाख डोज, बेलायतसँग ५० लाख डोज, चीनसँग २० लाख डोज, रुससँग २० लाख डोज र भारतसँग १० लाख डोज खोप खरिद गर्न प्रक्रिया शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सरकारले कोभिड–१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। हालसम्म कोरोना उपचारका लागि ४७ करोडको शोधभर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images