एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन् । निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

     

  • १४ जेष्ठ २०७८, शुक्रबार १६:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images