निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई प्रधानमन्त्रीको आह्वान
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् ।

    शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे । ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो ।’

    प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images