एमाले एकता जोगाउन गरेका प्रयास सफल हुन सकेनन् : प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकता जोगाउन गरेको प्रयास सफल हुन नसकेको बताएका छन् ।

    शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अन्त्यहीन गुटको थलो बनाउने केही नेताका कारण फ्लोर क्रस, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गर्ने, साझा उम्मेदवारका नाममा बागी उठाउने र आफ्नो संसदीय दलका नेतालाई हटाउन कहिले अनुपस्थित हुने जस्ता गतिविधिका कारण एमाले एकता सफल हुन नसकेको बताए ।

    ‘नेकपा एमालेलाई नै एकीकृत विरासतको रुपमा अघि बढाउने प्रयत्न गर्यौँ तर कतिपय नेताहरुमा गल्तीको बोध भएन’, प्रधानमन्त्रीले भने ।

    उनले प्रतिनिधि सभा पुरै समय चलोस् भनेर गरेको प्रयासलाई पनि सफल हुन नदिइएको जिकिर गरे ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images