गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छ – सभामुख
  • CIA Khabar

  • सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

    गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै सापकोटाले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

    शुभकामना सन्देशमा सापकोटाले भनेका छन्, ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड– १९ महामारीबाट आक्रान्त छौँ । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।’

    उनले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

    गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनान्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गता भएका तथा बेपत्ता योद्धाप्रति सम्मान प्रकट गरेका छन् ।

  • १५ जेष्ठ २०७८, शनिबार ०८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images