आज फेरी शहरमा बादलहरु छाएका छन्
तिम्रै सुगन्ध,तिम्रै यादहरु बोकीआएका छन्।
छचल्किएर प्रेम आँखामा,कागजभरी पोखिँदा
कुनै तिमीलाई मनपर्ने शायरी, कुनै गजल बनेका छन्।
सम्हालेर राखेको छु,तिम्रा कसम,तिम्रा स्पर्शहरु
शून्यतामा सधैं तिम्रो आभास दिँदै आएका छन्।
म पनि यहाँ निदाउँ भन्छु पुरै शहर निदाएको बेला
मुस्किल हुन्छ,यादहरुले कोलाहल मच्चाएका छन्।
समयको धागोसित पर्खेको छु उन्न माला जिन्दगीको
बोल्न हुन्न रे प्रार्थनामा,ओठहरु चुपचाप भएका छन्।
(गजल)सुदन डोटेल कुसुन्ती, ललितपुर
[email protected]