मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस
  • CIA Khabar

  • काठमाडौ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले  जानकारी दिए ।

    राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १४:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images