अक्सिजन उद्योग संचालन गर्न आवश्यक पर्ने उपकरणमा सरकारले कर छुट दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्ता उपकरण आयातमा कर आयात गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छुट दिने जानकारी दिएका हुन् ।
त्यस्तै सामुदायीक तथा नीजि अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने उनले बताए । कोभिड १९ महामारी भरी अक्सिजन प्लान्टमा लाग्ने विद्युत् महशुलमा ५० प्रतिशत छुट बजेटमा उल्लेख छ ।