आगामी आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको आर्थिक वद्धि हुने अनुमान गरेको छ ।
चालु वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा अहिले अनुमान लगाउन नसकेको सरकारले आगामी वर्षमा भने ४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको हो ।
अध्यादेशमार्फत ल्याइएको बजेटमा आगामी वर्षको लक्ष्य ४ प्रतिशत तोकिएको छ ।