विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निशुल्क सिम दिइने
  • CIA Khabar

  • सरकारले ल्यापटप खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण दिने भएको छ ।

    आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सो भन्दा माथिका विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म सहुलियत कर्जा दिइने जानकारी दिए ।

    २ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उनले बताए ।  त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images