स्वास्थ्य मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन
  • CIA Khabar

  • सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएको छ ।

    आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्‍याइएको बताएका हुन् ।

    सरकारद्वारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधि खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

    त्यस्तै विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्सलगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्षमुनिका बालबालिका एवं ७० वर्षमाथिका ज्येष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता यसका लागि २ अर्ब पचास करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images