पर्यटन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन
  • CIA Khabar

  • सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत २७ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन जानकारी दिएका छन् ।

    नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए । निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

    काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवं साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने उनले बताए । दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्टलगायत निर्माण गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने पनि यस वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images