काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई ८ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
अर्को वर्षबाट सो विमानस्थल सञ्चालनमा ल्याउने उनको भनाई छ । यस्तै गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन बनाउन ३ अर्ब ५३ करोड रूपैँया बिनियोजन गरेको बताएका छन् ।
आन्तरिक विमानस्थलको सुधार गरिने बताउँदै अर्थमन्त्री पौडेलले इलाम, गुल्मी डोल्पाको मसिनचौरमा परिक्षण उडान गरिने उल्लेख गरे । यस्तै दाङको नारायणपुरमा विमानस्थल निर्माण कार्य थालिने पनि उनले बताए । आन्तरिक विमानस्थल तर्फ १ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।