संगीतकर्मी संघ र हामी नेपाली ग्लोवलको बिसौं दिन पनी राहतमा निरन्तरता
  • CIA Khabar

  • कपिलवस्तु । सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघले आज २० औं दिन पनी सहयोग तथा राहत बितरणको कामलाई निरन्तरता दिएको छ ।

    अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

    यसै क्रममा आज नेपाली चलचित्र क्षेत्रका बिभिन्न बिधामा आवद्ध भक्तपुर,अनामनगर,जगते,र्गोखु क्षेत्रमा रहेका करिव २१ जना कलाकारलाई राहत बितरण गरिएको राष्ट्रिय संगीतकर्मी संघ महासचिव तथा नेपाली चलचित्र निर्माता विक्रम जंग शाहले बताएका छन् ।

    अभियानका क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अभियानकर्मीलाई स्वास्थ्य सामाग्री बितरण देखी लिएर लकडाउनका कारण समस्यामा परेका कलाकार, बेसाहारा, असहाय ,जेष्ठ नागरिक लगायत आम सर्वसाधारणलाई खाना खुवाउने देखी लिएर दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गर्दे आएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा चलचित्र निर्माता अमृत लामाले बताएका छन् ।

    अमेरिकामा बसेर सामाजिक सेवा भावले स्थापना गरिएको हामी नेपाली ग्लोवल संस्था मार्फत आफ्नो मातृभुमी नेपालमा आई सहयोग गर्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको अध्यक्ष लामा बताउँछन् ।

    मानिसको आधारभुत आवश्यकता भनेको गास , बास र कपास भएकाले सो को प्रत्याभुती राज्यले गर्नुपर्ने र बिषम परिस्थितीमा हामी जस्ता संघ संस्था र नागरिक समाजको पनी कर्तव्य हुन आउने राष्ट्रिय संगीतकर्मी संघ महासचिव तथा बिपत व्यवस्थापन समितिका संयोजक शाहले बताएका छन् ।

  • १५ जेष्ठ २०७८, शनिबार २०:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images