कास्कीमा पर्यटनमुखी बजेट
  • CIA Khabar

  • पोखरा । आर्थिक बर्ष २०७८र८९ को बजेटका लागि बजेट प्रस्तुत गर्ने क्रममा कास्की क्षेत्र नं – ३ मा रहेको फेवाताल साइडमा सांसद राजीब पहारिको सपना बाताबरण मैत्री साइकल ट्र्याक निर्माणको लागि बजेट छुट्टयाइएकोमा अर्थमन्त्री बिष्णु पौडेल र प्रधानमन्त्री केपि शर्मा ओलिलाइ धन्यवाद प्रकट गर्दै आभार व्यक्त गर्नु भएको छ ।

    सांसद पहारिले सामाजिक सन्जाल मार्फत सरकारले उत्पादनमुखी जनतामुखी र जनभावना मुखी बजेट ल्याएको बताउनु भएको हो । उहाले लेख्नु हुन्छ :

    “निरन्तर को पहल र जनभाबना अनुसार आज को बजेटमा फेवाताल वरिपरि वातावरण मैत्री साईकल ट्राक निर्माण गर्ने र पन्चासे लाई पर्यटकिय गन्तव्य को रुपमा बिकास गर्ने गरि बजेट छुट्टाउनु भएकोमा माननीय अर्थमन्त्री बिष्णु पौडेल र सम्माननिय प्रधानमन्त्री ज्यु लाई हार्दिक धन्यबाद।
    पोखरामा बाह्य र आन्तरिक पर्यकहरु लाई आकर्षित गर्न र पर्यटकहरुको बसाई लम्बाउन यस्ले महत्त्वपूर्ण सहयोग गर्ने नै छ।।।”

    साथै अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई ८ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गर्नु भएको छ । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराउनु भएको हो । अर्को वर्षबाट सो विमानस्थल सञ्चालनमा ल्याउने उहाको भनाई छ ।यस्तै गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन बनाउन ३ अर्ब ५३ करोड रूपैँया बिनियोजन गरेको उनु भएको हो । आन्तरिक विमानस्थलको सुधार गरिने बताउँदै अर्थमन्त्री पौडेलले इलाम, गुल्मी डोल्पाको मसिनचौरमा परिक्षण उडान गरिने उल्लेख गरे । यस्तै दाङको नारायणपुरमा विमानस्थल निर्माण कार्य थालिने पनि उनले बताए । आन्तरिक विमानस्थल तर्फ १ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिनुभयो ।

  • १५ जेष्ठ २०७८, शनिबार २१:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images