कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्न– न्यायाधीश छान्ने जिम्मेवारी तपाईंहरुलाई दिऊँ ?
  • CIA Khabar

  • काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलासका लागि न्यायाधीश छान्ने अधिकार मुद्दा पक्षका कानुन व्यवसायीलाई नरहेको प्रस्ट पारेका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै कानुन व्यवसायीहरुले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई बेन्चमा राख्न नहुने तर्क गरेपछि प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् ।

    ‘तपाईहरुलाई न्यायाधीश छान्ने अधिकार छैन,’ जबराले भने, ‘तपाईंहरुले उठाएको कुरा तथ्य, कानुन र संविधानमा आधारित हुनुपर्छ ।’ वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंहले बहस गरिरहँदा जबराले प्रश्न गरे– न्यायाधीश छान्ने जिम्मा तपाईहरुलाई दिऊँ रु बहसका क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले आफ्नोविरुद्ध फैसला भएको मुद्दाका मान्छे नै मुद्दा लिएर आएका हुनाले त्यस्तो फैसलामा संलग्न न्यायाधीशहरु संवैधानिक इजलासमा बस्न नहुने आफूहरुको भनाइ रहेको प्रस्ट पारेका थिए ।

    ‘प्रश्न उठेको हुनाले श्रीमानहरूलाई सम्मानपूर्वक विचार गर्नुहोला भन्न चाहन्छु,’ उनले भने । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले व्यक्तिगत रुपमा आफूहरुलाई कुनै न्यायाधीशसँग आपत्ति नरहेको बताए । तर अहिलेका न्यायाधीशहरूले तिमीहरूको कुरा सुन्दिनँ, मैले फैसला गरेँ भनेको खण्डमा के हुन्छ भनेर उनले इजलासलाई प्रश्न गरे । उनले भने, ‘यो सिरियस कुरा हो । बमकुमार श्रेष्ठ र तेजबहादुर प्रधान श्रीमानलाई आफै बेन्च छाड्न अनुरोध गर्दछु ।’

  • १६ जेष्ठ २०७८, आईतवार २०:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images