लकडाउन अबधिमा रामपुर अस्पतालमा ६ गर्भवतीको सफल शल्यक्रिया
  • सीता डोटेल

  • पाल्पा –

    कोरोना माहामारीले धेरै स्वास्थ्य संस्थाहरु कोरोना बिशेष उपचारमा मात्र तल्लिन छन् । धेरै जसो अस्पतालमा ओपिडी सेवा सहित अन्य सेवा ठप्प छ । जुनसुकै समस्याका बिरामी पनि यतिबेला अस्पताल जान नपरे हुन्थ्यो भन्ने ठान्दछन् । तथापि कोरोनाका लक्षण भएका बिरामी उपचार र परामर्शमा आउने गरेका छन् भने अन्य विरामी अझ पनि स्वास्थ्य संस्थामा आउन सकेका छैनन् ।

    No description available.

    तर कोरोनाको लकडाउन अबधिमा पाल्पाको रामपुर अस्पतालले ६ जना गर्भवतीको सफल शल्यक्रिया गरेको छ । यस अघि अप्रेशन गर्नुपर्ने गर्भवती रिफर पछि ६५ किलोमिटर पश्चिम सदरमुकामका निजि अस्पताल धाउनुपर्ने बाध्यता थियो । सुत्केरी गराउने सामाग्री नहुँनुले सामान्य सुत्केरी बाहेक जटिल र पहिलो सुत्केरी हुने गर्भवतीको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै जिल्ला पठाउनुपर्ने अबस्था थियो– रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले भन्नुभयो । अस्पतालले पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका नागरिकलाई सेवा दिदै आएको छ । दैनिक जसो सुत्केरी हुन गर्भवती आउने गर्छन् त्यसमध्ये अप्रेशनको व्यवस्था नहुँदा सामान्य बाहेक अन्यलाई जिल्ला रिफर गर्दै आएको थियो ।

    No description available.

    गत फागुन १६ गते अस्पतालमा अप्रेशन सेवा शुरु गरेको रामपुर अस्पतालले यस अघि पहिलो शल्यक्रिया सेवा दिएको थियो भने अन्य ६ जना गर्भवतीको लकडाउन अबधिमा सफल शल्यक्रिया गरेको रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिजय परियारले बताउनुभयो । बि.स. २०७२ सालमा ५० शैंयाको अस्पतालका रुपमा सरकारले रामपुर अस्पताललाई स्तर उन्नति गरेपनि आबश्यक भौतिक संरचना र सामाग्रीको अभावमा पुर्ण सेवा दिन नसकेपनि अप्रेशन गर्नुपर्ने गर्भवती महिलाहरुलाई मध्यनजर गर्दै अप्रेशनको तयारी गरेर अप्रेशन सेवा शुरु गरेको हो ।

    No description available.

    गत चैत ३१ गते पहिलो गर्भवतीको अप्रेशन गर्न अस्पताल सफल भएको थियो । निस्दी ५ की यमसरी सारुको पहिलो अप्रेसन भएको हो । ३ किलो ४५० ग्रामको छोरी सफल अप्रेशनबाट जन्मिएको थियो । शल्यक्रिया दिन शुरु गरेको डेढ महिनामा ७ जना र लकडाउनमा मात्र ६ जनाको सफल शल्यक्रिया गरी बच्चा जन्माउने अप्रेसन गरेको होे । रामपुर अस्पतालले कोभिडको माहामारीका बिच जारी लकडाउनमा आउने गर्भवतीको जाच तथा सुत्केरी सेवा निरन्तरता दिइरहेको छ । कोरोनाले जारी लकडाउनमा सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी सेवा लिन आउनुभएकी तनहुँ घिरिङ्ग ४ की संगिता कुमालको अप्रेशन गर्नुप¥यो । २५ बर्षे संगितालाई एका तिर कोरोनाको डर पनि थियो, अर्कोतिर पहिलो बच्चा अपे्रशन गरेकाले फेरि जटिल अबस्था आउने हो कि भन्ने डर संगितामा थियो ।

    No description available.

    अन्ततः बच्चा ठुलो भएकाले बैशाख २७ गते संगिताको अप्रेशन गरि छोरा जन्माइएको अस्पतालका डा. बासुदेव सुवेदीले बताउनुभयो । उहाँलाई जेठ २ गते डिस्चार्ज गरिएको सुवेदीले जानकारी दिनुभयो । त्यस्तै रामपुर नगरपालिका–२ की यामु थापाको अप्रेसनबाट २.४ केजीको छोरी जन्मिइन् । बच्चाले पेटमै दिशा खान सक्ने खतराका कारण जेठ ५ गते अप्रेशन भयो ।

    No description available.

    निस्दी गाउँपालिका १ की २३ बर्षकी कृष्णा आले सुरक्षित सुत्केरी हुन अस्पताल आउनुभयो । समय भइसक्दा पनि उहाँलाई बेथा बढेन । अन्ततः जेठ ६ गते बिहान ११:१७ मा अप्रेशन गरेर आलेले ३.२ केजीको छोरी जन्माउनुभयो । त्यस्तै रामपुर नगरपालिका ५ की सरिता सेनले ३.४ केजीको छोरालाई अप्रेशनबाट जन्म दिनुभयो । २७ बर्षकी सरिताको जेठ ७ गते दिउँसो २.३८ मा अप्रेशन गरेर सुत्केरी गराईएको हो । रामपुर नगरपालिका ५ कै सपना कोइरालाको जेठ १२ गते अप्रेशन भयो । कोरोनाको जटिल परिस्थितिमा पनि अस्पतालमा नै बच्चा जन्माउनुपर्छ भन्ने भएर अस्पताल आएको बताउने उहाँको अन्तत अप्रेशन गर्नुप¥यो । बच्चा उल्टो भएकाले अप्रेशन गर्नुपरेको अस्पतालले जनाएको छ ।No description available.२१ बर्षे सपनाको सफल अपे्रशनबाट २.९ केजीको छोरी जन्माइएको हो।

    यसरी दक्ष जनशक्ति भएपनि आबश्यक भौतिक तथा स्वास्थ्य सामाग्रीको अभावमा यस क्षेत्रका गर्भवती महिला अप्रेशनका लागि बाहिर जानुपर्ने बाध्यता थियो । पहिलो बच्चालाई जन्म दिने गर्भवती र केही जटिल देखिएका गर्भवती महिलाहरु सुत्केरी हुने समय आउदा नआउदै कोठा भाडामा लिएर बजारमा गएर बस्नुपर्ने अबस्था थियो । शल्यक्रिया सेवा सञ्चालन भएपनि यस भेगका नागरिक खुसी छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार ०७:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images