लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवारले चुनाव जित्ने दाबी गरेका छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग उनले एमाले उम्मेदवारले चुनाव जित्ने दाबी गरेका हन् । अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ ।
चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।
पोखरेलले भने, ‘हाम्रो जित हुन्छ । साँझसम्म नतिजा पर्खनुस् । सबै आइहाल्छ नि ।’