लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचको मतदान सुरु, मुख्यमन्त्री पोखरेलले हाले पहिलो भोट
  • CIA Khabar

  • लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

    मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरूले मतदान गरेका छन् ।

    अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।

    कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

    निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो ।

    निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ ।

    पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् । उनलाई एमालेको माधव नेपाल पक्षको पनि समर्थन छ ।

  • १७ जेष्ठ २०७८, सोमबार १०:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images