जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।

    समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।

    जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन् ।

     

    अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको ट्वीटमा उल्लेख गरेका छन् ।

    ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ ।’ उनले ट्वीटमा भनेका छन्,  ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

  • १७ जेष्ठ २०७८, सोमबार १०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images