कांग्रेसले पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्‍योः मन्त्री ढकाल
  • CIA Khabar

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ ।

    सोमबार मन्त्री ढकालले न्‍युज एजेन्सीसँग कुरा गर्दै नेकपा ९एमाले० र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको दावी गर्नुभयो । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उहाँले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो,‘आगामी आम निर्वाचनमा जसपा र नेकपा(एमाले)लाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने सर्तमा नै यि पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनशायका साथ नेपाली कांग्रेसजस्तो आफुलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ रु यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन ।’

    ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै मन्त्री ढकालले सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

  • १७ जेष्ठ २०७८, सोमबार १४:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images