बजेटको ‘थोकमा मात्रै विरोध भएको छ, विषयवस्तु’मा भएको छैनः मन्त्री पौडेल
  • CIA Khabar

  • काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बजेटप्रति राजनीतिक दलहरुले गरेको प्रतिक्रिया ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको बताउनुभएको छ ।

    पत्रकार समाज (सेजन)ले गरेको पूर्व बजेट छलफलमा उहाँले बजेटको आलोचना गर्नेहरुले विषयगत ढंगबाट आलोचना गर्न नसकिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बजेट ल्याउन पाउँदैन मात्रै भनेका छन् । बजेटमा गरिएको कुन व्यवस्था के कारणले गतल छ भन्ने आलोचना भएको छैन । नेपाल आर्थिक थोकमा विरोध गर्ने मात्रै भएको छ । विषयवस्तुमा भएको छैन ।”

    उहाँले बजेटको आलोचना गर्नेलाई बजेटको कुन कार्यक्रम मन परेन रु बजेटमा अभ्यास गरिएको कुन प्रक्रिया मन परेन रु स्पष्ट गर्न आग्रह गर्नुभयो । उहाँले बजेटप्रति निजी क्षेत्रबाट आएको सकारात्मक प्रतिक्रियालाई आभार व्यक्त गर्नुभयो । बजेट कार्यान्वयनमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कोभिड १९ रोकथाम, नियन्त्रणसहित उत्पादनका क्षेत्र, निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट ल्याउने प्रयास सरकारले गरेको हो । निजी क्षेत्रले बजेटप्रति गरेको प्रतिक्रियाले मनोवल उच्च भएको छ ।”

  • १७ जेष्ठ २०७८, सोमबार १४:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images