संसद छलेर ल्याएको बजेटबाट जनमत प्रभावित पार्ने दुराशय राखियो:कांग्रेसको आरोप
  • CIA Khabar

  • नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत जनता प्रभावित पार्ने दुशासय राखेको आरोप लगाएको छ ।

    अध्यादेशबाट बजेट सार्वजनिक गरिएको तीन दिनपछि सोमबार आधिकारिक प्रतिक्रिया दिँदै कांग्रेसले सरकारले संसद छलेर ल्याएको बजेटले जनमत प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

    ‘जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा देखिन्छ,’ कांग्रसले गठन गरेको छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले भने, ‘कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम भएको छ । बजेटका योजना कार्यान्वयन हुन सक्दैनन् ।’

    बजेट वक्तव्यमा सरकारले लिएका राजस्वका लक्ष्यहरू सफल नहुने कांग्रेसको दाबी छ । सरकारले राखेको लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नहुने उनले बताए ।

    सरकारले हावादारी गफबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने भ्रम छरेको उनको तर्क छ । कुनै उपलब्धिबिना जनतालाई ऋणको भार बोकाएको पनि उनले आरोप लगाए । कोभिड रोकथाम र खोपका विषयमा अहिले पनि सरकार संवेदनशील नरहेको उनको आरोप छ ।

  • १७ जेष्ठ २०७८, सोमबार १५:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images