काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण भएपछि उनी गत वैशाख ३१ गते नेपाल प्रहरीको प्रहरी अस्पतालमा भर्ना भएका थिए । उनी आज (सोमबार) कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् । उनलाई उपचार सघन कक्षमा राखेर गरिएको थियो ।