वृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर लाइँदै
  • CIA Khabar

  • काठमाडौँ– कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याउने तयारी गरिएको छ।

    अमेरिकी नेपाल मेडिकल फाउण्डेशन, बतास फाउण्डेशन, क्रियसन, ह्युमानिटी फाउण्डेसन नेपाल, मिसन रिविल्ड नेपाल, जगदम्बा स्टील र स्याकार ट्रेडिङ कम्पनीको संयुक्त सहकार्यमा अक्सिजन जेनेरेटर ल्याउन लागिएको हो।

    एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ। १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छन्। यसअनुसार १० वटा अक्सिजन जेनेरेटर युनिटले दिनमा ६५० संक्रमितलाई अक्सिजन दिन सक्छन्।

    यी अक्सिजन जेनेरेटर युनिट सातै प्रदेशमा स्थापना गर्ने अक्सिजन फर नेपाल नामक वृहत नागरिक समाजले जनाएको छ। अक्सिजन फर नेपालमा स्वदेश र विदेशमा रहेका संघसंस्था र नागरिक आवद्ध छन्।

  • १७ जेष्ठ २०७८, सोमबार १६:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images