सेयर बजारमा ४५ अंकको गिरावट
  • CIA Khabar

  • काठमाडौ । सोमबार नेप्से सूचक ४५।२५ अंकले घटेर २७८२।६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।

    खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।

    ३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ । आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो ।

  • १७ जेष्ठ २०७८, सोमबार १९:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images