जुनसुकै सरकार आएपनी शिक्षकलाई निजामती सरह हेर्ने दृष्टिकोण बदलिने अवस्था देखिएन । यद्धपी खोट हामी शिक्षकमा पनि रह्यो। हामी पार्टीका खेताला भन्दामाथी उठ्नै सकेनौ। बिडम्बना, हिजो वर्षौ कांग्रेस सरकारमा रहदा, कम्युनिष्ट समर्थक शिक्षक बिरोधमा थियौ। कांग्रेसवाला समर्थनमा।
२० वर्षसम्म शिक्षकसेवा आयोग नखुल्दा नि प्रशंसक भएर बस्यौ।हिजोको त्यो अवस्था हेर्दा त्यो भन्दा ठूलो विभेद के थियो होला!? (म त भन्छु शिक्षकप्रतिको बिभेदको मुल समस्या नै त्यहीबाटै शुरु भएको हो ।जसले शिक्षक बनेर देश सेवा गर्ने,दक्ष जनशक्ती उत्पादनमा योगदान दिने योजनाका साथ कस्सिएर शिक्षक बन्दै गरेका हामीजस्ता युवा वर्षौवर्ष आयोग खुल्ने आशामा निजीस्रोत वा करार सेवामा दिन बितायौ।बिभेदको भयंकर जातोमा पिसियौ।धेरै सिद्धियौ।
घर न घाटको भयौ। निजामती भनिनेहरु बिना रोकटोक निरन्तर फलिफाप बन्दै गए।सायद त्यो विभेद नहुदो हो हामी जस्ता एकाद जो २०औं वर्ष नारीएर आज पुन: नयाँ जस्ता बनाईएकाहरु अवकास लिएर अर्को कार्य शुरु गर्दै जीवन बिताईरहेका हुन्थ्यौहोला। अवस्था आजपनी ज्युका त्यु देखिन्छ, फरक मात्रै आज कम्युनिष्टको सरकार छ।
कांग्रेस समर्थक वाला शिक्षक बिरोधमा छन।हामी मध्येकै सरकारवाला समर्थकधारी फेरि हिजोकै विभेद आज साम्म,भर्खर सम्म निरन्तर रहिरहदा पनि मुक्तकण्ठले समर्थनमै छौ। सारमा, हामी शिक्षक राजनैतिक दलका yes men भन्दा माथी उठ्नै सकेनौ । यति सम्म कि न त हामीमा अरुकाले गरेको राम्रो कार्यको समर्थन गर्ने साहस छ। न त आफ्नाले गरेको खराब कामको बिरोध।
त्यसैले राम्रोलाई राम्रो भन्न सक्ने जबसम्म हामीमा हिम्मत हुदैन यानिकी राजनैतिक भाषामा “फलोर क्रस” गर्ने हिम्मत हामीमा हुदैन। हाम्रो हैसियत निजामती सरह हुनै सक्दैन।यो मनको लड्डु घ्युसँग” खाने कुरा आश गर्नु सरह हुनेछ।मनमनै बम्किनु जस्तै हुनेछ।
जहाँसम्म मेरो कुरा छ!, म त हेर्नोस हरेक कुरो जरोबाटै,आफैबाटै,आफ्नो सेरोफेरोबाटै आफ्नो नजिकबाटै,ठिक बनाउँदै जानुपर्छ भन्ने मानसिकताबाट हुर्केको मान्छे।औकातभन्दा माथी उछिल्लिनुको साटो हैसियत अनुसार सक्ने ठाउँबाटै गलत चिजलाई सुधार्ने हैसियत राख्दा ठिक हुन्छ भन्ने मान्यता राख्दछु।
मेरो मतलब निजामती र शिक्षकलाई हेर्ने दृष्टिकोण माथी मात्रै कसरी? यसको असर लोकतान्त्रीक गण्तन्त्रको उदयपश्चात संघियताको उपयोगसँगै बनेका तीन तहको सरकार मध्येको सबैभन्दा तल्लो सरकार अर्थात स्थानिय सरकारमै देखियो त! शिक्षक मित्रहरु! शिक्षकका नाममा बनेका जुण्डका नेता शिक्षक माहाशयहरु ! आउनोस,विभेद हेर्न माथी जानै परेन। एउटा उदाहरण यत्नै छ।
तपाईं हामी हेरौ प्राय: जुनसुकै पालिकामा अहिले शिक्षक तथा कर्मचारी भर्ना प्रक्रीया चलिरहेको हामी देख्न सक्छौ। जहाँ त्यही प्रक्रीया अनुसार एउटा निजामती तर्फ पियन भर्ना गरिन्छ,स्वास्थकर्मी भर्ना गरीन्छ,कम्पुटर अपरेटर, या ICT कर्मर्चारी यस्तै यस्तै भर्ना गरिन्छ।
त्यही प्रक्रीया अनुसार त्याहाँ शिक्षक पनि भर्ना गरिन्छ। तर जब तलबमानको कुरो आउँछ प्रावी देखि मावीसम्म शिक्षकको तलबमान १३०००/- देखि १८०००/- हुन्छ।जहाँ त्यही पालिकामा एउटा निजामतितर्फ पियन कर्मचारीको न्युनतम तलबमान २००००/- भन्दा माथी हुन्छ। अर्थात शिक्षक तर्फको अधिकृत लेवलको मावी शिक्षकको तलबमान निजामति तर्फ पियनको तलबमान जति हुदैन।
यो त देख्यौ नि हामीले। होईन र ? अझ यही विभेद बिधीसम्मत होस भनेर शिक्षकको क्याटोगेरी निर्धारण गरि नयाँ नामाकंकरण सम्म गरिएको छ।”स्वयंसेवक शिक्षक।” के यो विभेद होईन ? के यहाँ विभेद नदेख्नेहरुका आँखा सध्य छन भन्न मिल्छ ? यहाँपनी त्यही हो बोल्नुपर्नेले हिम्मत गर्दैन।अर्काले तातो न छारो भन्या छ। चुप छ। त्यसैले मित्रहरु! शिक्षक र निजामतीको विभेद राज्यको तल्लो तहबाटै शुरु छ।
यसका लागि हाम्रो लडाई तलकाले तलैबाट माथीकाले माथीबाटै शुरु गर्नुपर्दछ।जराबाटै शिक्षक आन्दोलनको आदीबेरी अब जरुरी छ। साथसाथै एउटा कुरा मित्रहरु! अब उप्रान्त जुनसुकै सरकारले गर्ने राम्रो कामको हामी शिक्षहरुले खुलेरै तारिफ गर्ने हिम्मत गर्नैपर्छ। फलोर क्रस गर्नै परे पनि गरौ।सबैखाले शैक्षिक बिभेधीकरणको बिरुद्धमा एकताबद्ध लडाई लडौ।
जस्तै कि, बालबिकास,र कर्मचारीको न्युनतम ज्यालामानको लडाई हाम्रा बालबिकास शिक्षिकाहरुले हिजोदेखी आजसम्म लड्नुभो। यद्धपी आजसम्म कुनै सरकारले यो सुन्नै चाहेन। कतिपय सरकार र मन्त्रीबाट बालबिकासका पनि हुन्छन र भन्न सम्म भ्याईयो ? खुसीको कुरा मान्नुपर्छ अहिले आएर ओली सरकारबाट यसको सम्बोधन गर्ने कार्य हुनु राम्रो रह्यो।
हो यस्ता कार्य को खुलेरै समर्थन गरौ। सरकारलाई धन्यबाद पनि दिन कन्जुस्याई नगरौ । साथसाथै, यी कुराहरु हुँदै गर्दा आजपनी बजेटमा देखिएका,शिक्षक र निजामती बिच विभेद हुनेगरी बजेटमा ल्याईएका कार्यक्रमको खुलेरै बिरोध गरौ।आवाज बुलन्द पारौ। अन्यथा भविश्यले एउटा भयानक शैक्षिक आन्दोलनको सामना गर्नैपर्ने हुनेछ।समयले पनि त्यस कुरालाई अनन्त स्विकार गर्न सक्दैन,भन्ने विश्वासका साथ ! कलम बन्द गर्दछु। धन्याबाद।
लेखक श्री सरस्वती माध्यमिक विद्यालय शिवराज ९ बानियाँभारका प्रधानाध्यापक हुन्