काठमाडौं । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
आज देशभर ६ हजार ८५ कोरोना संक्रमित थपिएका छन् । आज २० हजार १६५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको छ।