काठमाडौं महानगरले गर्‍यो दुई अस्पताललाई भेन्टिलेटर सहयोग
  • CIA Khabar

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।

    महानगरले मंगलबार महानगरपालिकाभित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिका निम्ति दुई/दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो । आईसीयू भेन्टीलेिटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् भनेर सहयोग गरिएको बताए ।

    उनले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्लाभित्रका  अस्पताललाई ४२ वटा र भक्तपुरको थिमिमा तीनवटा गरी ४५ वटा भेन्टिलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।

    काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरूलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए । कोभिड – १९ संक्रमितहरूका लागि महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आई उपचार गराउनसमेत आग्रह गरे ।

  • १८ जेष्ठ २०७८, मंगलवार १८:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images