एमालेले पार्टी विभाजन रोक्न अन्तिमसम्म प्रयास गर्ने
  • CIA Khabar

  • काठमाडौँ ।  नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता गर्न लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    बैठकपछि उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।’

    उनले पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएको संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेको स्पष्ट पारे।

    ज्ञवालीले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छ । उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन।’

  • १८ जेष्ठ २०७८, मंगलवार १८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images