महन्त ठाकुरले गरे यादव लाइ पार्टीबाट किक आउट
  • CIA Khabar

  • काठमाडौँ । पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

    यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

    ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसले जसपामा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ ।

    जसपाको ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । ८ मन्त्री र दुई राज्यमन्त्री जसपाले पाउने प्रधानमन्त्री ओलीसँगको वार्तामा सहमति जुटेको बताइएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images